आर्थिक

महालक्ष्मीद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

३२ जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकका भैरहवार नारायणगढ शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचास हजार रुपैयाका दरले तीन लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ ।

जेठ २९ गते भानु माध्यामिक विद्यालयको प्राङ्गणमा सम्पन्न एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका सदस्यश्र राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्घार्थनगरका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी शुक्रबार महालक्ष्मी विकास बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द«कुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेश सेन ठकुरी ज्युलाई एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए । ।उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।