पु.समाचार

उपत्यका आउन थप कडाई, अर्जेन्ट परे अधिकृतलाई सम्पर्क गर्नुस्: ९८४९८५२०५८, ९८५११६६२७

३२ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका आउन र जान थप नियम बनाएको छ ।

आज विज्ञप्ती जारी गर्दै २८ गतेको गृहको निर्णय र ३० गतेको गृहको निर्देशन अनुसार अबदेखी उपत्यका बाहिरबाट उपत्यका आउनेले बसोबास गरेको जिल्लाको नगरपालिकाको सिफारिसमा प्रशासन कार्यालयमा निबेदन दिनुपर्नेछ ।

निबेदन दिएपछि जोखिम बिश्लेषण, औचित्यतालाई पुष्ट्याई हुने कागजातको अध्ययन गरि पास बितरण गर्ने निर्णय गरेको छ ।

सवारी पासको सहजीकरणको लागि प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेको मोवाईल नम्बर ९८४९८५२०५८ र अर्का प्रशासकीय अधिकृत मान बहादुर बुढाको मोवाईल नम्बर ९८५११६६२७६ सार्बजनिक समेत गरेको छ ।