समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन पेश

३२ जेठ, काठमाडौँ । प्रतिनिसभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘समितिको वार्षिक प्रतिवेदन, २०७७’ सदनसमक्ष पेश गरे ।

संसदीय समितिका वार्षिक प्रतिवेदन सदनसमक्ष पेश गर्र्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा प्रतिवेदन पेश गर्दै उनले एक वर्षको अवधिमा सञ्चालन भएका समितिका ३५ बैठकले विभिन्न निकायलाई महत्वपूर्ण निर्देशन र सुझाव दिएर्को जानकारी दिए ।

समितिले सीमा क्षेत्रको सुरक्षा र डुबान समस्या, नेपाल वायुसेवा निगमको जहाज खरिद प्रक्रिया, पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन, विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा क्षेत्रका संरक्षमा भइरहेका प्रयासबारे सरकारलाई सल्लाह र सुझाव दिएको थियो ।

पशुपतिनाथ क्षेत्रको मूर्तअमूर्त संस्कृतिका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले गरेको अनुसन्धान, नेपालको सार्वभौमिकसत्ता र भौगोलिक अखण्डताको रक्षा, भारतलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीलाई कोभिड–१९ बाट सुरक्षा र उनीहरुको समस्या सम्बोधनसम्बन्धी विषयमा समितिले सरकारलाई सुझाव दिएको थियो ।

समितिले बन्दाबन्दीमा नागरिकको उद्धार, नेपालको भूमि समेटेर नक्सा प्रकाशन, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक क्षेत्र कायम गर्ने विषयमा पनि समितिले सरकारलाई सल्लाह र निर्देशन दिएको उनले बताए । समितिको कार्यक्षेत्रभित्र परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्छ । प्रतिनिसभाका १० र राष्ट्रिसभाका चार र संयुक्त दुई गरी सङ्घीय संसद्मातहत १६ विषयगत समिति छन् ।