राजनीति

कुनैपनि प्रकारको दमनकारी नीति कांग्रेसलाई स्वीकार्य हुन्नः सहमहामन्त्री डा महत

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले सरकार जनताको दुःख प्रती बेखबर बनेको बताएका छन्।

सनिवार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै डाक्टर महतले सरकारले केहि दिनयता देशभर बढिरहेको बिरोध प्रदर्शनलाई राजनीति मिसिएर दमनमा उत्रिनु भन्दा किन जनतामा सरकारको खिलापमा असन्तोष बढिरहेको छ भन्दैत्यतातिर गम्भीर बन्न सुझाव दिएका छन्।

उनले सरकारको दमनकारी नीतिमा लागिरहेको भन्दै कुनैपनि प्रकारको दमनकारी नीति कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन्।

उनले अहिले बिरोध प्रदर्शनमा उत्रिएका युवाहरूले सुरक्षीत क्वारेन्टाइन, रोजगारी, खर्चमा पारदर्शिता, नागरिकका दैनिक आवस्यकता र पिसिआर टेस्टको माग राखेको र ती सबै माग जायज भएको स्पष्ट पारेका छन्। उनले जायज मागहरू राखेर बिरोधमा उत्रिएका सबैलाई मास्क र सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन्।