राजनीति

धनराजको आह्वानःअब कालापानीबाट भारतीय सेना फिर्ता पठाऔं, राष्ट्रियता अझ बलियो बनाऔं

३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले आज संबिधान संसोधनमा नेपालका भारतद्वारा अतिक्रमण गरिएका भूभाग निशाना छापमा पार्न गरिएको ऐक्यबद्धता अनुरुप नै अब कालापानीबाट भारतीय सेना फिर्ता पठाऔं र राष्ट्रियताको भावनालाई अझ सबल बनाऔं। ‘हाम्रो माटो हामीलाई प्राण भन्दा प्यारो छ।’ भनेका छन् ।

उनले ट्वीट गर्दै राष्ट्रियता कुनै व्यक्ति वा पार्टीको निजी संपत्ति होइन। राष्ट्रियता ३ करोड नेपालीको साझा भावना हो। यहि साझा भावना संबिधान संसोधनमा देखियो भन्दै उक्त भावना भूमि फिर्ता नहुन्जेलसम्म कायम रहनुपर्ने बिचार व्यक्त गरेका हुन् ।

धनराजको ट्वीटः राष्ट्रियता कुनै व्यक्ति वा पार्टीको निजी संपत्ति होइन। राष्ट्रियता ३ करोड नेपालीको साझा भावना हो। यहि साझा भावना संबिधान संसोधनमा देखियो। यहि भावनाका साथ अब कालापानीबाट भारतीय सेना फिर्ता पठाऔं र राष्ट्रियताको भावनालाई अझ सबल बनाऔं। ‘हाम्रो माटो हामीलाई प्राण भन्दा प्यारो छ।’