राजनीति

गगनको दाबीः सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउनेछौँ

३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले आजको दिनलाई ऐतिहाशिक दिनको संज्ञा दिएका छन् ।

उनले ट्वीट गर्दै सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको भावना पाखेका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका नेता थापाले अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ भनेका छन् ।

उनले आज निशाना छापमा लिपुलेक, लिम्पीयाधुरा र कालापानीसहितको भूभाग समेटिएको संबिधान संसोधन गर्न सफल हुने दिन राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ भनेका छन् ।

गगनको ट्वीटः आज ऐतिहासिक दिन ! सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ। राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ। अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ।