राजनीति

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डको भनाई भ्रामकः अध्यक्ष थापा

३१ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता बताएका छन् । उनले १७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध भएको बताउँदै नेपालको एकीकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य भएको दाबी गरेका छन् ।

अध्यक्ष थापाले सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री भएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दहालप्रति तीखो प्रहार गरेका छन् । उनले भनेका छन्, ‘आश्चर्य लाग्छ। प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु।’

आज निशाना छापमा नेपालको नयाँ नक्सा राख्न संसदमा बोल्ने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दहालले राजतन्त्रले नसकेको भूमि फिर्ता गर्न गणतन्त्रले सकेको भन्ने दिएको अभिब्यक्तीप्रति राप्रपा अध्यक्ष थापाको कडा प्रतिकृया आएको हो ।