राजनीति

सभापति देउवा भन्छन्ः गुमेको भूमि नक्सामा समाबेश गर्न सघाउने सबैलाई धन्यबाद

३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस केन्द्रीय समितिको सर्बसम्मत्ले पास गरेको बताउँदै सबै पार्टीको समर्थन रहनु राम्रो भएको बताए ।

उनले संसदमा संबोधन गर्दै सम्पूर्ण नेपाली जनता एक भएर नेपालको भूमि, कालापानी, लिम्पीयाधुरा रलिपुलेकसहितको नक्सामा समाबेश गर्ने कुरामा संसदीय दलले पनि पास गरेको बताए । उनले राष्ट्रियहितका लागि, सार्मभौम सत्ता सम्पन्न मुलुक बचाउनका लागि भूमिका खेल्ने सबैलाई सभापति देउवाले धन्यबाद समेत दिएका छन् ।

सभापति देउवाले थाररैसमयमात्र बोल्ने जनाउँदै सामानय जानकारीमात्र गराएका हुन् ।