पु.समाचार

चौतर्फी बिरोधपछि सरकारले गर्यो कोरोनाविरुद्ध खर्चको रकम विवरण सार्वजनिक ! (हेर्नुहोस्)

३१ जेठ काठमाडौं । चौतर्फि बिरोध भएपछि अन्ततः ओली सरकारले कोरोना रोकथाममा भएको १० अर्ब खर्चको बिवरण सार्वजनीक गरेको छ ।

कोरोना नियन्त्रण खर्चमा सरकारले भ्रष्टाचार गरेको भन्दै दैनिकजसो बिरोध हुन थालेपछि विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री कार्यालयले कोरोनाविरुद्ध र विभिन्न शिर्षकमा गरेर आठ अर्ब ३९ करोड रुपैयाँको खर्च भएको दाबी सहित विवण सार्वजनिक गरेको हो ।

कोरोना विरुद्ध सरकार लाचार भईरहेको बेला संसदमा १० अर्ब खर्च भएको बताएपछि संसददेखी सडकसम्म कुन–कुन शिर्षकमा १० अर्ब खर्च भएको हिसाब दिनुपर्ने भन्दै बिरोध भएको छ । आजपनि काठमाडौंको माईतिघर मण्डलामा सोहि विषयमा पर्दशन भएको छ । १० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको अहिले भने सरकारले जनाएको छ ।

साथै प्रदेशगतको खर्चमा प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बागमती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।

यसैगरी प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार रुपैयाँ, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।