समाचार

काठमाडौंमा आज पनि सरकारका विरुद्ध फरक शैलिमा प्रदर्शन

३१ जेठ काठमाडौं । काठमाडौंमा आजपनि सरकारको विरोधमा जनसागर फरक शैलिमा उर्लिएको छ । काठमडौंको माईतिघर मण्डलामा जम्मा भएका पर्दशनकारीले लिम्पियाधुरा सहितको नयाँ नक्साको लागि सरकारलाई धन्यावाद दिँदै १० अर्ब कहाँ खर्च भयो हिसाब दिनुपर्ने माग गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन मा गर्दै हिँजो शुक्रबार पनि काठमाडौं लगाएत मुलुकका विभिनन स्थानमा सरकारको विरोधमा पर्दशन गरीएको थियो भने आज फरक शैलिमा विरोध जनाएका छन् । आज विरोधमा उत्रिएकाहरुले हालमा गुलाबको फूल लिएर सरकारलाई आफ्नो दायीत्य नर्बिसन स्मरण गराएका छन् ।

साथै प्रर्दशनस्थलबाट चार जना विदेशी नागरिक र एक नेपालीलाई पक्राउ गरी नगर प्रहरीमा राखिएको छ । उनिहरुले क्वारेन्टाईनस्थलको राम्रो व्यवस्थापन हुनुपर्ने, पिसीआरबाट कोरोना परिक्षणको दाया बनाउनु पर्ने माग राखेर विरोध गर्दै आएका छन् ।