बाग्मती

काठमाडौं मेडिकल कलेजका डाक्टर र नर्सले जिते कोरोना, स्वास्थ्य क्षेत्रको मनोवल बढ्यो

३१ जेठ, काठमाडौं । कोरोना संक्रमणपछि दुई दिन सेवा ठप्प भएको कोठमाडौं मेडिकल कलेजका दुई डाक्टर र एक नर्स संक्रमण मुक्त भएका छन् ।

मेडिकल कलेजको दुवाकोटस्थीत क्वारेन्टाईनमा राखेर उपचार गराईएका उनीहरुको पछिल्लो समयको कोरोना परीक्षणमा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको मेडिकल कलेजकी प्रिन्सिपल प्रा.डा.चन्दा कार्कीले सुर्यखबरलाई बताईन् ।

उनीहरुलाई कोरोना संक्रमण देखिएपछि अस्पतालका ३५० कर्मचारी, डाक्टर, नर्स लगायतका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो । काठमाडौं मेडिकल कलेजमा डाक्टर लगायतमा कोरोना संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मीमा त्रास श्रृजना भएपनि पछिल्लो समय उनीहरुले कोरोना जितेर घर फर्किएपछि स्वास्थ्य क्षेत्र शान्त बनेको छ । लकडाउन भएके तीन महिना हुन लाग्दा देशभर संक्रमीतहरु बढेपनि कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले कोरोना जित्दा उनीहरुको मनोबल बढेको छ।