पु.समाचार

प्रतिनिधिसभाको आजको बैठकले निशान छाप स्वीकृत गर्दै सम्बिधान संसोधन गर्ने

३१ जेठ काठमाडैं । अन्ततः आज संविधान संशोधन विधेयक पारित गरिने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकले निशान छाप स्वीकृत गर्दै सम्बिधान संसोधन गर्ने भएको छ । संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । उक्त विद्येकलाई सम्पुर्ण राजनीतिक दलहरुले समर्थन गरेका छन् । जेठ २७ गते बसेको बैठकमा सम्पुर्ण सांसदले विद्येकको पक्षमा मतदान गर्ने बचन दिँदै भारतले अतिक्रमण गरेको नेपाली भु–भाग फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए ।

सम्पुर्ण दल, सम्पुर्ण नेपाली विद्येकलाई पास गर्ने पक्षमा रहँदा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीभने बिपक्षमा उभिएकी छिन् । गिरीले भने सरकारले ल्याएको नयाँ नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गरेपनि समाजवादी पार्टीले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीले सांसद गिरिलाई उक्त विद्येक फिर्ता लिन आग्रह गरेपनि गिरीले अहिलेसम्म उक्त प्रस्ताव फिर्ता लिएकी छैनन् ।