प्रदेश 2

वीरगञ्जमा बेबारीसे भेटिएको शवमा कोरोना संक्रमण पुष्टि

३१ जेठ काठमाडौं । वेवारीसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा बेबारिसे अवस्थामा मृत भेटिएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त मृतक व्यक्तिकोबारेमा कुनै जारकारी खुलेको छैन । गत जेठ २८ गते वीरगन्जको घण्टाघर नजिकै विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव त्यहाँबाट उठाएर नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो । जेठ २८ गते नै शवको पोष्टमार्टम गर्ने क्रममा चिकित्सकले मृतकको स्वाब नमुना पनि लिएका थिए । संक्रमण पुष्टि भएको शव नारायणी अस्पतालकै शवगृहमा राखिएको छ

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर जाँचमा ती पुरुषको स्वाबको रिपोर्ट शुक्रबार राति पोजिटिभ आएको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिएका छन् ।