पु.समाचार

डा भट्टराईको चेतावनीः सरकारले तुरून्त होसमा आई श्रमिकमाथिको लूट बन्द गरोस्

३१ जेठ काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले सरकार तुरून्त होसमा आई श्रमिकमाथि भईरहेको लुट तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

खाडी र मलेसिया लगाएत देशमा गएका नेपाली श्रमिकबाट उठाएको ६ अर्ब कल्याणकारी कोषमा हुँदा सरकारले रोजगारी गुमाएका मजदुरको उद्धारका नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै गरेको प्रति लक्षित गर्दै यस्तो चेतावनी दिएका हन् ।

सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरका जहाज पठाउँदै भाडा दोब्बरभन्दा पनि बढी लिएको भन्ने समाचारहरु आईरहेका छन् । डा भट्टराईले परिवारलाई खाना, नाना र छानाको जोहो गर्न विदेशिन वाध्य श्रमिकहरूलाई कोरोना महामारीको वेला पनि सरकारले यसरी लूट्नु अक्षम्य अपराध नै भएको बताएका छन् ।

साथै उनले आफुलाई श्रमिक वर्गको पार्टी भन्ने नेकपा सरकारको यस्तो कार्यलाई उनले भनेका छन्ः यो त ‘लूट कान्छा लूट, नै भयो ।

उनको ट्वीटः यो त ‘लूट कान्छा लूट ।।’ नै भयो ! परिवारलाई खाना,नाना र छानाको जोहो गर्न विदेशिन वाध्य श्रमिकहरूलाई कोरोना महामारीको वेला पनि सरकारले यसरी लूट्नु अक्षम्य अपराध नै हो ! आफुलाई श्रमिक वर्गको पार्टी भन्ने नेकपाको @kpsharmaoli सरकार तुरून्त होसमा आओस् र श्रमिकमाथिको यो लूट बन्द गरोस् !