समाचार

गण्डकी प्रदेशमा फेरी थपिए पाँच कोरोना संक्रमीत

३१ जेठ काठमाडौं । पर्वत र पुर्वि नवलपरासीमा आज बिहानै ५ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेशको पर्वतमा ४ जना र पुर्वीनवलपरासीमा १ गरेर ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज (शनिबार) बिहान ५ः५० मा सार्वजनिक गरेको सूचना अनुसार पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमीत संख्या १ सय ९७ पुगेको छ ।