खेलकुद

कोरोनाका कारण भारतीय क्रिकेट टिमले गर्यो जिम्बावे भ्रमण स्थगित

३१ जेठ काठमाडौं । भारतीय क्रिकेट टिमको जिम्बावे भ्रमण स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण भारतले अगष्ट महिनामा तय भएको जिम्बावे भ्रमण स्थगित गरेको हो ।

भारतले बिहीबार श्रीलंका भ्रमण समेत रद्द गरेको थियो । यसअघि भारतले जुन अन्तिमबाट श्रीलंका भ्रमण गर्ने तालिका रहेको थियो । श्रीलंकामा ३ एकदिवीय र ३ टी ट्वान्टी अन्तराष्ट्रिय खेल्दै जिम्बाबेमा ३ एकदिवीय क्रिकेट खेल्ने तालिका थियो ।

कोरोनाको कारण भारतले प्रशिक्षण समेत सुचारु गर्न सकेको छैन । उसले कहिलेबाट क्रिकेट सुरु गर्न सकिन्छ भनेर अझै टुंगो लगाउन नसकेको जनाएको छ । भारतीय क्रिकेट बोर्डले क्रिकेट अभ्यास सुरु गर्न हतार नगर्ने समेत बताएको छ । कोरोना कै कारण भारतको चर्चित लिग आईपीएल समेत अन्योलमा रहेको छ ।