सामाजिक सञ्जाल

रुकुम घटनामा पनि निर्मला हत्याकाण्डमा झैँ न्याय हत्या हुने खतराः संग्रौला

३१ जेठ काठमाडौं । वुद्धिजिवी लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले रुकुममा भएको घटना पनि बालिका निर्मला हत्या काण्डमा झै न्याय मर्ने खतरा बढेको बताएका छन् ।

सामाजिक सञ्जला ट्वीट माफर्त साहित्यकार संग्रौलाले यस्तो बताएका हुन् । उनले रूकुममा दलित हत्याका प्रमाण नष्ट गरिँदै होलान्, भन्दै यता मानौँ झारा टार्न बनाइएको संसदीय आयोग हाँसझैँ हल्लिँदै हिँडिरहेको टिप्पणी गरेका छन् ।

साथै साहित्यकार संग्रौलाले अब गृहमन्त्रीको आयोगले दोहोरो झडपको कथा कथेर रिपार्ट देला र सरकारी पत्रकार र बुध्दिजीवीले ताली ठोक्लान् भन्दै निर्मला काण्डमा झैँ न्यायको हत्या गरिने खतरा बढेको बताए ।

रुकुममा भएको हत्याको छानबिन गर्न विभिन्न समिती बनाईएपनि आजसम्म घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन ।

उनको ट्वीटः रूकुममा दलित हत्याका प्रमाण नष्ट गरिँदैे होलान्,यता मानौँ झारा टार्न बनाइएको संसदीय आयोयोग हाँसझैँ हल्लिँदै हिँडिरहेछ । अब गृहमन्त्रीको आयोगले दोहोरो झडपको कथा कथेर रिपार्ट देला र सरकारी पत्रकार र बुध्दिजीवीले ताली ठोक्लान् । निर्मला काण्डमा झैँ न्यायको हत्या गरिने खतरा !