पु.समाचार

डा संग्रौलाको भन्छिन्ः नेकपा नेतृत्वको ओली सरकार निभ्ने बेलाको बत्ती जस्तै

३० जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले सरकार आफ्ना कमि कमजोरी लुकाउन हर प्रयत्नशील रहेको बताएकी छन् ।
उनले बास्तबिक रुपमा जनताले उठाएका कुराहरुलाइ गल्ती स्वीकार गरि अगाडि बढ्नुको सट्टा आफै मैमत्त भै सडकमा स्वतः स्फुर्त रुपमा उर्लिएको जन लहरलाइ दबाउने दुस्प्रयास गरेको आरोप लगाईन् । नेतृ संग्रौलाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार निभ्ने बेलाको बत्ती जस्तै भएको भनदै होसियार बन्न सचेत गराएकी छन् । उनले सरकारसँग आफ्ना कमि कमजोरीलाई सच्याउ, भस्टाचार छल्न सरकारले सडकमा उर्लिएको हजारौं युवाहरुको आवाजलाई नबुझि उल्टै स्वास्थ्य मन्त्रीले राजनीतिको संज्ञा दिदै जाने हो भने नेपाली जनता अब चुपलागेर बस्दैनन्, खबरदार भनेकी छन् । उनले विज्ञप्ती निकाल्दै सरकारलाई अहिले नै नबुझे पछि पछुताउनु पर्लाभन्दै युवाहरुमाथिको दमन शोषण बन्द गर्न आग्रह गरेकी छन् ।
नेतृ डा संग्रौलाले स्वास्थ्य मन्त्रालयमार्फत कोरोना महामारीक नाममा भएको १० अर्बको हिसाबकिताव देखाउन सरकारलाई पुनः आग्रह गरेकी छन् ।