समाचार

दैलेखमा २० जना कोरोना संक्रमीत निकोः आजै डिस्चार्ज

३० जेठ दैलेख । दैलेखामा २० जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन् । उनिरुमा आज (शुक्रबार) गरिएको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

दोलखा जिल्लाको सदरमुकाम स्थित सरस्वती मावी तर्ताङ्गममा रहेको दैलेख अस्पतालको आइसोलेसन बार्डमा उपचाररत २० महिने बालक सहित २२ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमण निको भएर घर फकृेनेहरु अधिकांस भारतबाट आएकाहरु भएको बताईएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नम्बर २ का २१ र ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् ।

रेग्मीका अनुसार वडा नम्बर ६ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नम्बर ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् । त्यसैगरी वडा नम्बर १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नम्बर ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको फोकल पर्सन रेग्मीले बताएका छन् ।