पु.समाचार

जोर दिनमा जोर र बिजोर दिनमा बिजोरमात्र सवारी चलाउन पाईने, बिजोर चलाउने परे कारबाहीमा

३० जेठ, काठमाडौं । सरकारले जोर नम्बर प्लेटका सवारी साधनलाई जोर दिन र बिजोर नम्बर प्लेटका सवारी साधनलाई बिजोर दिनमा संचालन गर्न सिदई लकडाउन खुकुलो बनाउँने नीतिअबलम्बन गरेसंगै आज ३० गते जोरदिनमा विजोर नम्बर प्लेट भई सवारी साधन चलाउनेलाई प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरी महासाखाका एसएसपी भीम ढकालले कतिपयले सवारी साधनका बिषयमा जानकारी नभएर चलाएका हुन सक्ने भन्दै त्यस्तो भए बिस्तारै जानकारी हुने बताए । उनले अहिलेसम्म झण्डै ३०० सवारी साधनलाई होल्ड गरिएको जानकारी दिए ।

एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध गरिएपनि काठमाडौं, ललितपुर र भक्तपुरलाई भने आवतजावतमा रोक नलगाईने बताईएको छ । सर्बसाधारणहरु लकडाउन खुकुलो भयो भन्दै बाहिर निस्किएपछि प्रहरीले नियम बिपरीत सवारी चलाउनेलाई सवारी साधन होल्ड गरेको हो ।

चैत्र ११, २०७६ देखी कोरोना भाईरसको महामारीका कारण लगाएको लकडाउन सरकारले खुकुलो पार्दै लाने नीति अनुसार जोर बिजो शुरु गरेको छ।