राजनीति

सरकारको लापरबाही, अकर्मण्य र गैरजिम्मेवारीले कोरोना झन बलियो: प्रवक्ता डा आचार्य

३० जेठ काठमाडौं । साझा पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले ओली सरकारको लापरबाहि अकर्मण्य र गैरजिम्मेवाले कोरोना झन बलियो हुँदै गएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त प्रवक्ता आचार्यले लकडाउन खुल्ने बेलामा कोरोना झन् बलियो देखिँदै जानुमा सरकारको कमजोरी, अकर्मण्य र गैरजिम्मेवारपन भएको उल्लेख गरेका छन् ।

सरकारको दक्षता र कार्यशैलिले कोरोना लडाईँ लड्न चुनौतिपूर्ण वनेको तर्फ सरकारको ध्यानाकर्शण गराएका छन् । साथै प्रवक्ता आचार्यले स्वतन्त्र विज्ञ समेत संलग्न अधिकार सम्पन्न कार्यदल बनाई वाररुमको रुपमा पनि काम गर्न माग गरेका छन् ।

उनको ट्वीटः लकडाउन खुल्ने बेलामा कोरोना झन् बलियो देखिँदै छ, सरकार कमजोर, अकर्मण्य र गैरजिम्मेवार । सरकारको दक्षता/कार्यशैलिले कोरोना लडाईँ लड्न चुनौतिपूर्ण छ । स्वतन्त्र विज्ञ समेत संलग्न अधिकार सम्पन्न कार्यदल बनोस, जस्ले वाररुम को रुपमा पनि काम गरोस् ।