सामाजिक सञ्जाल

कुशासन/भ्रष्टाचार, र मृत्युविरुद्ध गर्जिएकासंग अतालिँदै सरकारले झ्यालखानाको ध्वाँस दियोः संग्रौला

३० जेठ काठमाडौं । वुद्धिजिवि, लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सरकारको विरोधमा उत्रिनेलाई कारबाहि गर्ने गृहको निर्णयप्रति टिप्पणी गरेका छन् ।

सरकारको भ्रष्टाचार, आरडिटि परिक्षण तत्काल रोक्नुपर्ने माग राख्दै राजधानीमा युवाहरुको जारी आन्दोलनलाई लक्षित गर्दै लकडाउको बेला आन्दोलन गरेको भन्दै गृहमन्त्रालयले बिहिबार आईन्दा बिरोधमा उत्रनेलाई कारबाहि हुने चेतावनी दिएको थियो ।

साहित्यकार संग्रौलाले ओली राजको कुशासन, भ्रष्टाचार, विलास र मृत्युविरूध्द युवा गर्जिएका के थिए शासकले अताल्लिँदै लकडाउन तोड्नेलाई जरिवाना र झ्यालखानाको ध्वाँस दियो भन्दै कडा टिप्पणी गरेका छन् ।

साथै उनले न्यायप्रेमी युवाहरूले निकम्मा सरकारको लकडाउनलाई कुशासन र भ्रष्टाचारको ढाकछोप गर्ने अस्त्र बनाउन देलान् र भन्दै प्रशन समेत गरेका छन् । केहिदिनदेखी ओली सरकारको हर्कतका बिरुद्ध राजधानी लगाएत मुलुकका विभिन्न स्थानका युवा आन्दोलीत बनेका छन् ।

आन्दोलनमा उत्रिएका युवाहरुले सरकारले कोरेना नियन्त्रणमा १० अर्ब खर्च भएको बताएकोबारे पैसा कहाँ खर्च भयो ? प्रष्ट पार्नुपर्ने र कोरोना परिक्षण्मा आरडिटिको कुनै विस्वसनीयता नभएकाले पिसिआरको दायरा बढाउनु पर्ने माग गरेका छन् ।

 

उनको ट्वीटः आम्मामामा विरोधमा युवा ! ओलीराजको कुशासन,भ्रष्टाचार,विलास र मृत्युविरूध्द युवा गर्जिएका के थिए शासकले अताल्लिँदै लकडाउन तोड्नेलाई जरिवाना र झ्यालखानाको ध्वाँस दियो । न्यायप्रेमी युवाहरूले निकम्मा सरकारको लकडाउनलाई कुशासन र भ्रष्टाचारको ढाकछोप गर्ने अस्त्र बनाउन देलान् र ?