प्रदेश 2

सरकारको गतिविधि विरुद्ध धनुषाका युवाहरुले गरे विरोध जलुस

जनकपुर जेठ ३० । सरकारको गतिविधि, भ्रष्टाचार र सरकारले थोपारेको करको बिरुद्ध जनकपुरका युवाहरुले बिरोध गरेका छन् । शांतिपूर्ण बिरोध कार्यक्रममा जनक चौकमा सहभागी भैइ तिनवटै तहको सरकारको बिरोध गरेको छन् । संघीय र प्रदेश २ को सरकारले बहादुरीको साथ हाथ उठाई सकेको छ ।

सरकार जिम्मेवारी बाट पन्छिँदै कोरोना संक्रमितको स्वास्थ परिक्षणमा लापरबाहि गर्नुको साथै कयौं संक्रमीतले उपचार नपाउँदा सम्मपनि सरकारले व्यवास्ता गरेको भन्दै बिरोध जनाएका छन् । साथै संक्रमणको अन्तिम अवस्थामा मृत्यु तर्फ उन्मुख भए मात्र आइसोलेशन लगेको प्रति पनि बिरोध गरेका छन् ।

कोभिड–१९ को नेपाल सरकार स्वास्थ मन्त्रालयको नया गाइड लाईन्समा गरेको निर्देशन र प्रदेश २ समाजिक विकास मन्त्रालय द्वारा जारी गरिएका पत्रमा अब उपरान्त पिसिआर को चेकजाँच तत्काल हुन नसक्ने आश्यका परिपत्र प्रत्येक जिल्ला प्रशासन कार्यालय, संम्बन्धित स्वास्थ्य उपचार केन्द्रहरु र आम सञ्चार माध्यम बाट आएको छ ।

संघ र प्रदेश सरकारले आफ्नो दायित्व बाट पन्छिन खोजेको अवस्थामा स्थानीय सरकार पालिकाहरुले कति दिन दायित्व निर्वाह गर्ने रु जबकि भारत र अन्य मुलुक बाट लाखौं नागरिक आउने क्रम जारी नै छ । सरकारको यस्तो गैर जिम्मेवार मानवता विरोधी निर्दियतापुर्ण निर्णयले जानी जानी मृत्यु तर्फ थप संख्या बढाउने उद्द्त देखिएको बिरोधमा उत्रिएकाले बताएका छन् ।

जनकपुर आम युवाहरुले सरकारको यस्तो घृणित निन्दनीय कार्यको घोर भत्सर्ना गरेको छ । विरोधसभामा जनकपुर आम युवाको उपस्थिति रहेको थियो ।