पु.समाचार

स्याङ्जा/ पर्वत / तनहुँ र पूर्वी नवलपरासीमा गरेर ३७ जना कोरोना संक्रमीत थपिए

३० जेठ काठमाडौं । शुक्रबार बिहानै स्याङ्जा, पर्वत तथा तनहुँ र पूर्वी नवलपरासीमा गरेर ३७ जना कोरोना संक्रमीत थपिएका छन् । एकैदिन गण्डकी प्रदेशमा ठुलो संख्याका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

संक्रमीत पुष्टि हुनेमा स्याङ्जाका २२, पवर्तका १३, साथै तनहुँ र पुर्वि नवलपरासीका १/१ जना रहेका छन् । संक्रमीत सबै १५ देखी ६६ वर्षका पुरुष भएको बताईएको छ ।

आज थपिएका नयाँ संक्रमीत संगै कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।