राजनीति

धनराज आक्रोशित:भन्छन्, ‘साँसद अपहरण गर्नेको मुद्धै दर्ता नगर्ने तर भोका जनतालाई धम्की’

२९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लकडाउनको उल्लङ्घन गर्नेलाई कारवाही गर्ने गृहको चेतावनी? भन्दै आक्रोश पोखेका छन् । उनले सरकारसंग लकडाउन उल्लङ्घन गरेर अपहरण शैलीमा सांसदलाई काठमाण्डौं ल्याउने बिरुद्व जाहेरी समेत लिन नमानेको यहि सरकार हैन ? भन्दै कडा प्रश्न तेस्र्याएका छन् ।

नेता गुरुङले भोको जनतालाई धम्की हैन, १० अर्बको हिसाब सार्बजनिक गर भनदै जोडदार माग गरेका छन् । नेता गुरुङले ट्वीट गर्दै जनताको मुख थुन्ने दुष्प्रयास् नगर भन्ने कडा प्रतिकृया दिएका छन् ।

नेता गुरुङको ट्वीटः लकडाउनको उल्लङ्घन गर्नेलाई कारवाही गर्ने गृहको चेतावनी? वा सरकार ! लकडाउन उल्लङ्घन गरेर अपहरण शैलीमा सांसदलाई काठमाण्डौं ल्याउने बिरुद्व जाहेरी समेत लिन नमानेको यहि सरकार हैन? भोको जनतालाई धम्की हैन, १० अर्बको हिसाब सार्बजनिक गर। जनताको मुख थुन्ने दुष्प्रयास् नगर।