आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको क्रण मिनाहा

२९ जेठ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले सानातथा लघु बैंकिङ विभागअन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आउनु भएकाग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरंहदा सदस्यको मृत्यू तथा संरक्षकको मृत्यू र सदस्यको परियोजनामा आगलागीभई क्षती भएको हुदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ ।

यस बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिनु भएको कैलीदमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिनु भएको कान्छी मर्हजनको असमायिक निधन भएको हुँदा निजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काजक्रिया रकम क्रमशः १ लाख ८ हजार ७ सय १७ रुपैंया र रु १ लाख १४ हजार ८० रुपैंया मृतककै घरमागई प्रदान गरिएको छ ।

यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानी खोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिकनिधन र टोखा २,बानियाटारकीश्री मैया बानीयाको श्रीमानको असमायिक मृत्यू भएको हुदा काजक्रिया खर्च वापतरु ५,००० प्रति सदस्य राहत प्रदान गरिएको छ ।

यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिनुभएका राधाकृष्ण कार्कीले संचालनगर्दै आइरहेको कुखुरा पालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुदानिज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुपरु ५,००० रकमराहत वितरण गरिएको छ ।

विभिन्न शाखा कार्यालयहरुवाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरु सामाजिक तथा भौतिक दुरी कायमगर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाहतथा राहत वितरण गरेका हो ।