बाग्मती

चितवनको वडा कार्यालय भवन निर्माण शुरु

२९ जेठ, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा वडा कार्यालय भवनको निर्माण कार्य शुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ र वडाध्यक्ष बमबहादुर मगरले संयुक्तरूपमा बुधबार सो भवनको शिलान्यास गरे ।

सो अवसरमा गाउँपालिका अध्यक्ष गुरुङले बाँकी वडा कार्यालयको भवन निर्माण पनि तत्काल शुरु गर्ने उल्लेख गर्दै वडाहरुको केन्द्र टुङ्गो लाग्न ढिलाइ हुँदा कार्यालय भवन निर्माण गर्न नसकिएको बताए ।

जिल्ला समन्वय समिति चितवनको ३० लाख र गाउँपालिकाको ७० लाख गरी एक करोड लागतमा सो भवनको निर्माण कार्य हुँदैछ । भवन निर्माणको काम जोगिमारा कन्ष्ट्रक्शनले जिम्मा पाएको छ ।