सुदूरपश्चिम

सुदूरपश्चिमका थप तीन स्थानमा पिसीआर राख्ने तयारी

२९ जेठ, अत्तरिया । उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए ।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उनले बताए । उनले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पिसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताए ।
कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न उहाँसहितको एक उच्चस्तरीय टोली यहाँ आइपुगेको जनाइएको छ । सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ ।