राजनीति

राष्ट्रपतिले फेर्ने एक करोडको कार्पेट प्रधानमन्त्रीले संसदबाट पास गराउनुपर्छः नेता डा रिजाल

२९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्व मन्त्री डा मिनेन्द्र रिजालले सार्वजनिक खर्चमा जसको कार्पेट फेरे पनि प्रधानमन्त्रीलाई थाहा हुनै पर्छ भनेका छन् । नेता डा रिजालले राष्ट्रपति बिद्योदेबी भण्डारीको कार्यालयमा फेर्ने भनिएको एक करोडको कार्पेटका बिषयमा प्रतिकृया दिँदै उक्त कुरा बताएका हुन् ।

नेता रिजालले थप, प्रधानमन्त्रीलाइ हरेक रूपिँया खर्च गर्न वा कर उठाउन जनताको अनुमोदन आवश्यक भएको बताउँदै सार्वजनिक खर्चमा जसको कार्पेट फेरे पनि प्रधानमन्त्रीलाई थाहा हुनै पर्छ। थप, प्रधानमन्त्रीलाइ हरेक रूपिँया खर्च गर्न वा कर उठाउन त्यस्ता खर्चहरु प्रधानमन्त्रीले बजेट संसदबाट पारित गराउनु पर्छ भन्ने अडान लिएका छन् ।

नेता रिजालले उक्त कुरा लोकतान्त्रिक उत्तरदायित्वको उद्भव देखि स्थापित मान्यता भएको भन्दै सचेत गराएका छन् ।

नेता रिजालको ट्वीटः सार्वजनिक खर्चमा जसको कार्पेट फेरे पनि प्रधानमन्त्रीलाई थाहा हुनै पर्छ। थप, प्रधानमन्त्रीलाइ हरेक रूपिँया खर्च गर्न वा कर उठाउन जनताको अनुमोदन आवश्यक छ।यसैकारण, प्रधानमन्त्रीले बजेट संसदबाट पारित गराउनु पर्छ। लोकतान्त्रिक उत्तरदायित्वको उद्भव देखि स्थापित मान्यता हो, चेतना भया।