पु.समाचार

बालुवाटारमा सरकार विरुद्ध यसरी उत्रियो जनसागर !

२९ जेठ काठमाडौं । आरडिटिको परिक्षण रोक्नुपर्ने, जनताको ढाड भाँच्नेगरी थोपरिएको कर खारेजि लगाएतको माग गर्दै सरकार विरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ । गत चैत्र ११ गते लकडाउनपछि भएको आन्दोलनको सबैभन्दा धेरै ठुलो संख्या सम्मिलीत यो पहिलो विरोध र्याली हो ।

उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । निषेधित क्षेत्रमा पर्दशनमा उत्रिएको भन्दै कयौंलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका श्याम ज्ञवालीले जानकारी दिएका छन् ।

केपीशर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा लापराहि गरेको पिसिआर भन्दा आरडिटि विधिलाई वढी प्रयोगमा ल्याएको विरोधमा दैनिकजसो विभिन्न विद्यार्थि संगठन युवाहरु लगाएतले विरोध गर्दे आएका छन् । विरोधमा उत्रिएकाले पिसिआरको दायरा वढाउनु पर्ने, कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, र करको भारमा केही राहत दिन सरकारसंग माग गरेका छन् ।