राजनीति

एसईई सधैका लागि बन्द गरौं, १२ कक्षालाई राष्ट्रिय परीक्षामा परिणत गरौंः गगन थापा

२९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सरकारको एईई परीक्षा नगर्ने निर्णयको स्वागत गरेका छन् ।

उनले कक्षा ११ को परीक्षा समेत आन्तरिक मुल्याँकनका आधारमा निर्धारण गर्ने निर्णय गर्न माग गर्दै अब एसईई कानूनी रुपमा नै पुरै हटाउन माग गरेका छन् । उनले  कक्षा १२को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिन आग्रह समेत गरेका छन् ।

नेता थापाले शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ भन्दै कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिन सुझाव दिएका छन् ।

गगनको ट्वीटः यस वर्ष SEE परीक्षा नहुने, सही निर्णय! कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अबबाट SEE कानुनी रूपमा नै खारेज गरौं।
कक्षा १२को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं।
शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।