राजनीति

अध्यक्ष थापा आक्रोशितः अव्यवस्थित लकडाउन, कमजोर परिक्षण, त्यसमाथि भ्रष्टाचार ?

२९ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले कोरोना प्रकोप नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी नभएको बताएका छन् । उनले अव्यवस्थित लकडाउन, सिमानामा अनियन्त्रित आवागमन, कमजोर परिक्षण, त्यसमाथि भ्रष्टाचार! जनताको धैर्यको बांध टुटदैछ भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सचेत गराएका छन् ।
पुर्ब उपप्रधान एबम् परराष्ट्र मन्त्री समेत रहेका अध्यक्ष थापाले पार्टीगत स्वार्थ भन्दा माथी उठेर युवाहरु सडकमा उत्रिरहेका छन् भन्ने सम्झाउँदै परिवर्तन अपरिहार्य भएकोजिकिर गर्दै युवा शक्तीलाई काम आँकलन नगर्न चेतावनी दिएका छन् ।

अध्यक्ष थापाको ट्वीटः कोरोना प्रकोप नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी भएन। अव्यवस्थित लकडाउन, सिमानामा अनियन्त्रित आवागमन, कमजोर परिक्षण, त्यसमाथि भ्रष्टाचार।जनताको धैर्यको बांध टुटदैछ। पार्टीगत स्वार्थ भन्दा माथी उठेर युवाहरु सडकमा उत्रिरहेका छन्।
Don’t underestimate ‘youth power’.Change is inevitable