राजनीति

धनराजको कडा प्रतिक्रियाः भन्छन्, ‘प्रधानमन्त्रीले गरे संसदमै हावादारी भाषण’

२९ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले दिएको भाषण प्रति टिप्पणी गरेका छन् ।

नेता गुरुङले प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसदमै हावादारी भाषण गरेको कडा प्रतिक्रिया दिएका छन् । कोरोना महामारीसँगै भोकमरीको चपेटामा छटपटाइरहेका जनतालाई प्रधानमन्त्रीको भाषण हिमालमा ठोकिएर चिसो बन्ने हावा खाने नेपालीसँग रोग प्रतिरोधात्मक क्षमता बढि हुन्छ भनेको प्रति टिपप्णी गर्दै संसदमै हावादारी भाषण गरेको बताएका छन् ।

साथै नेता गुरुङले प्रधानमन्त्रीको बफादारीहरुबाट ताली हावा भाषणमा तालि ठोकिएको बताए । साथै उनले संसदको गरिमामा ठट्टा गर्न नपाईने तर्फ ओलीलाई सचेत गराएका छन् ।

 

उनको ट्वीटः कोरोना महामारीसँगै भोकमरीको चपेटामा छटपटाइरहेका जनतालाई प्र.म.को भाषणः हिमालमा ठोकिएर चिसो बन्ने हावा खाने नेपालीसँग रोग प्रतिरोधात्मक क्षमता बढि हुन्छ । संसदमै प्र.म.को हावादारी भाषणमा उहाँको बफादारी माननीयहरुबाट ताली ठोकिन्छ । @PM_Nepal संसदको गरिमामाथी ठट्टा गर्न पाईदैन ।