खेलकुद

पुरुष र महिलाको आईसीसी टी–ट्वान्टी विश्वकपबारे अन्तिम निर्णय अर्को महिना

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिलाको आईसीसी टी–ट्वान्टी विश्वकपबारे अन्तिम निर्णय अर्को महिना गर्ने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अन्योलमा रहेको विश्वकपबारे आईसीसीले अर्को महिना ठोस निर्णय गर्ने जनाएको छ । भिडियो च्याटको सहायताबाट बुधबार बसेको आईसीसीको बोर्ड बैठकले विश्वकपसहित अन्य महत्वपूर्ण विषयबारेको निर्णय अर्को महिनाको बैठकबाट तय गर्ने निर्णय गरेको हो ।

आईसीसीले कोरोना कारण उत्पन्न समस्याबीच विश्वकप आयोजनामा लागि योजनाहरु बनाईरहेको कारण विश्वकपबारे निर्णय पछि गर्ने जनाएको छ । विश्वकपमा संग्लग्न सबैका स्वास्थ्य सुरक्षाका लागि सरोकारवाला र सरकारसँग छलफल गरिरहेको पनि आईसीसीले जनाएको छ ।

अष्ट्रेलियामा तय भएको पुरुष विश्वकप यस वर्ष आयोजना हुने तालिका रहेको छ । यस्तै महिला विश्वकप आगामी वर्ष न्युजिल्याण्डमा हुने तय छ । तर, कोरोनाको कारण दुवै विश्वकप हुने नहुनेमा अन्योलता रहेको छ । यस्तै आईसीसीले गोपनियता उलंघनबारे अनुसन्धानको रिपोर्ट प्राप्त गरेको जनाएको छ ।