पु.समाचार

संसोधन प्रस्ताव फिर्ता लिन साँसद गिरिलाई दलको चेतावनी, नलिए कडा कारबाही हुने

२८ जेठ, काठमाडौं । समाजबादी जनता दलकी साासद सरिता गिरिलाई मंगलबार दर्ता गरिएको संबिधान संसोधन प्रस्ताव तत्काल फिर्ता लिन पार्टीको संसदीय दलले चेतावनी दिएकोछ ।

संसदीय दलले विज्ञप्ती जारी गर्दै नेपालको संबिधानको दोस्रो संसोधनमा पार्टीको संसदीय दलको निर्णय तथा निर्देशन बिना दर्ता गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गर्दै चेतावनी दिईएको हो ।

दलका प्रमुख सचेतक उमाशंकर अगरियाद्वारा हस्ताक्षरित विज्ञप्तीमा फिर्ता नलिए कारबाही गर्न पार्टी बाध्य हुने भनिएको छ ।

साँसद गिरिले लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा प्रमाण नपुगेको भन्दै कानून मन्त्रीले गरेको निशाना छापको संसोधनप्रस्ताव फिर्ता लिन मागसहित संसोधन प्रस्ताव दर्ता गरेकी थिईन् ।

साँसद गिरिलाई तरुण दल, युवा संघ लगायतले देशद्रोहीको आरोप लगाउँदै निलम्बन गरि कडा कारबाही गर्न माग गरेका छन् । पछिल्लो समय साँसद गिरिको आलोचना उत्कर्षमा पुगेको छ ।