राजनीति

गगनको ठोकुवाः प्रधानमन्त्रीलाई म भन्दा जान्ने/बुझ्ने कोही छैन भन्ने भ्रम/अहंकार छ

२८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको रवैयाले नेपालीले थप दुःख पाउने कुराले चिन्तित बनाएको बताएका छन् । उनले ट्वीट गर्दै आज संसदमा बोलेका प्रधानमन्त्रीका कुरामा टिप्पणी गर्दै आजको प्रधानमन्त्रीले बोलेकोलाई यसको भनेका छन्, ‘ ‘प्रमलाई धेरै कुरा थाहा छैन तर आफूलाई थाहा छैन भन्ने उहाँलाई थाहा छैन। बरु म भन्दा जान्ने–बुझ्ने कोही छैन भन्ने भ्रम र अहंकार छ।’

नेता थापाको ट्वीटः कोरोना संक्रमणका सन्दर्भमा आजको संसदमा @PM_Nepal राख्नुभएको धारणाले पुन पुष्टि गरेकोछ, ‘प्रमलाई धेरै कुरा थाहा छैन तर आफूलाई थाहा छैन भन्ने उहाँलाई थाहा छैन। बरु म भन्दा जान्ने-बुझ्ने कोही छैन भन्ने भ्रम र अहंकार छ।’ यो रवैयाले नेपालीले थप दुःख पाउने कुराले चिन्तित बनाएकोछ।