राजनीति

नेपालमा रोजगारीको अवशरको कमी भन्दा व्यवस्थापनको कमजोरी: बरिष्ठ नेता पौडेल

२८ जेठ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली सेनाले तीन गुणा चार गुणा बढी तिरेर पस्स्आिर किट ल्याएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्ट, वालुवाटार जग्गा, वाईडबडीमा भएको भ्रष्टाचार ढाक्ने काम गरेको बताउँदै सबै भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताए । सरकारले सत्तामा बसिरहने नैतिक सामथ्र्य गुमाएको बताउँदै आफूहरुले सरकारलाई खबरदारीमात्र नगरेर सुझाव समेत दिएको दाबी गरेका छन् । उनले प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयमा भएको भ्रष्टाचार छल्न सेनालाई ठेक्कामा दिने कामगरेको दाबी गर्दै सेनाको काम ठेक्कापट्मा लगाउने नभएको जिकिर गरेका छन् ।

बरिष्ठ नेता पौडेलले गाँउमा गएका जनतालाई गाँउमा नै बस्न पाउने अवस्था बनाउनुपर्ने भन्दै साासद विकास कोषको, युवा स्वारोजगार, व्यावशायीक कृषि लगायतमा रहेको बजेज समेटेर सिधै स्थानीय तहमा भएको सम्भावना अनुसार लगानी गर्नु पर्ने बताए । नेता पौडेलले स्थानीय तह साधन र स्रोत नपाएर काम गर्न नसकिरहेको अवस्थामा नेपालमा कृषि क्रान्तीको सम्भावना, कृषिजन्य उद्योग, माईक्रो फाईनान्सको उपस्थिति जनाएर नेपालीहरु विदेश जान नपर्ने अवस्थाको श्रृजना गर्नुपर्ने बताए ।

विदेश जानुपर्ने अवस्था भन्दा व्यवस्थापनमा समस्या भएको भन्दैसहरमा ट्राफिकजाम, धुलोधुँवा लगायतले बस्न नसक्ने अवस्थामा नारामा भन्दा कम्युनिजम, क्यापिटलिजम के ठीक हो, कुन ब्यक्ती ठीक कि भन्ने कुरा बहसगर्न जरुरी भएको बताए । उनले मान्छेलाई मान्छेको रुपमा हेर्ने राजनीतिक प्रणालीमा बहस गर्न जरुरी भएको बताए । उनले गाउँमुखी राजनीति, श्रमको सम्मान गर्ने संस्कृति चाहिने बताए । मुुलुकमा श्रमको सम्मान गर्ने अवस्था आएकोबताए । उनले तल्लो जात भन्ने कुरीतिले अप्ठ्यारो पारेको भन्दै उत्पादन, रोजगारीका लागि सबै कार्यकर्ता लाग्नुपर्ने विचार ब्यक्ती गरे ।
काँग्रेस नेतान कार्यकर्ताले गफ भन्दा कामका लागि कम्युनिष्टसँग प्रतिष्पर्धा गर्नुपर्ने बताउँदै उनले काँग्रेसको १४ औं महाधिवेशन कुनै हालतमा फगुणमा सक्नुपर्ने बताए । उनले आफूलाईमात्र अधिवेशन आवश्यक भएको भन्ने बुझ्नु भने गलत हुने टिप्पणी गरेका छन् । उनले अधिवेशन सबै पार्टीका नेता कार्यकर्तालाई आवश्यक परेको भन्दै जुम बैठकमा विचार व्यक्त गरेका छन्।
जुम बैठकमा सहभागीहरुले नेकपा नेतृतवको केपी शर्मा ओली सरकारलााई नालायकको संज्ञा दिएका थिए । सुनसरी सभापति राजीव कोईराला, काभ्रे सभापति मधु आचार्य, ईलाम सभापति हिमालय कर्माचार्य, उदयपुर सभापति विदुर बस्नेत, तेह्रथुम सभापति गोबिन्द ढुंगानालगायत २० जना भन्दा बढीको सहभागीतामा महाधिवेशन समयमा हुनुपर्ने बचन दिएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले जुम बैठक राखेको हो ।