राजनीति

सरकार कोरोना नियन्त्रणमा १० अर्ब कहाँ खर्च भयो तत्काल सार्वजनीक होस्ः कांग्रेस

२८ जेठ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएको छ । कोरोना नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमै लिप्त भएको टिप्पणी गरेको छ । कोरोना नियन्त्रणमा सरकार असफल भएपछि प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न पनि आग्रह गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले वरिष्ठ नेता पौडेलको नेतृत्वमा बिहान १० बजे बालुवाटार गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिएका छन् । महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा कांग्रेसले बुधबार सरकारको ध्यानाकर्षण गराएको हो ।

कोरोना नियन्त्रणका लागि जनता, प्रमुख प्रतिपक्षी लगाएत सबैको साथ पाउँदापनि कारोना नियन्त्रणमा सरकार पुर्णतः असफल भएको कांग्रेसको दाबी छ । साथै आरडिटिबाट कोरोना परिक्षण गर्दै क्वारेन्टाईनमा रहेकालाई घर पठाउँदै महामारीको झनै जपिटल अवस्थाआउनेृ तर्फ सरकारलाई सचेत गराउँदै कांग्रेले सबै नागरिकको पिसिआरमाधयमबाट परिक्षण गरी ढुक्कका साथ घर फर्कने बातावरण मिलाउन पनि कांग्रेसले माग गरेको छ ।

साथै कांग्रेसले क्वारेन्टाईनको व्यवस्थापन, कोरोना अस्पतालमा स्वास्थ्यसामाग्रीको प्रसस्त उपलब्धता, कोरोना परिक्षण किटको अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्शण गराएको छ । राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरिद जस्तो विषयमा निरन्तर भ्रष्टाचार कमिसनको जालो भइरहनु निर्लजताको पराकाष्ठा भएको ठहर गदै कांग्रेसले कोरोना नियन्त्रणमा १० अर्ब खर्च भएको सरकारले दाबी गरेको भन्दै खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नपनि माग गरेको छ ।