राजनीति

राष्ट्रियता होस् या कोरोना नियन्त्रणको सवालमा राष्ट्रिय एकता अवस्यक छः प्रधानमन्त्री

२८ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको “राष्ट्रियताको सवालमा होस् या कोभिड १९ को सवालमा सदैब राष्ट्रिय एकता अवस्यक रहेको बताएका छन् ।

आज (बुधबार) संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा, स्वाधीनता र भौगोलिक अखण्डता र भूमिको सवाल, भूमिमाथि न्यायोचित हकको सवालमा देश एक ढिक्का रहेको सन्देश संसदले दिएको प्रति पनि खुसी व्यक्त गर्दै सम्पुर्ण नेपाली संँधै एक हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले पुर्खाले लडेर आफ्नो जयानको बाजी लगाई बचाएको देश नेपाल भएको बताउँदै अहिले अडे मात्रै भौगोलिक अखण्डता पूर्ण रूपमा स्थापित गर्न सकिने बताएका छन् । भारतले अतिक्रमण गरेको नेपालको भु–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय समस्या र चुनौती सामना गर्न संसद एकताबद्ध भएको पनि बताएका छन् । यस्तै ओलीले कोरोना नियन्त्रणमा सरकार मेहनतका साथ खटेको दाबी पनि गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी र उत्कृष्ट रहेको दाबी समेत गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको आधारमा हेर्ने हो भने साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने उनको भनाई थियो । उनले कोरोनाको संक्रमण बाँध फुटेर एक्कासि बाढी आए जसरी आएको बताउँदै यसको नियन्त्रण र रोकथाममा ठूलो चुनौती थपिएको बताए ।