समाचार

धनुषाको एक थुनुवा कक्षमा रहेका युवाले किन गरे आत्महत्या

२८ जेठ काठमाडौं । धनुषाको एक थुनुवा कक्षामा हरेका युवाले आत्महत्या गरेका छन् । सवारी ज्यान मुद्धामा पक्राउ परेका २२ वर्षका सम्भु सदाले थुनुवा कक्षमै आत्महत्या गरेपछि तनाव उत्पन्न भएको छ ।

धनुषाको सबैला नगरपालीकास्थित ईलाका प्रहरी कार्यालयको थुनामा ति युवाले आत्महत्या गरेपनि स्थानीयले प्रहरी कार्यालयमा ढुँगामुडा प्रहार गरेका छन् ।

अहिले सबैला अवस्था तनाबग्रस्त बनेपछि जिल्लाबाट थप सुरक्षाकर्मी पठाएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्किले जानकारी दिएका छन् ।