गण्डकी प्रदेश

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित १४५ पुगे

कास्की, २८ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या १४५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान जारी गरेको विज्ञप्तिअनुसार पछिल्लोपटक थप एक जनामा कोरोना पुष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) र्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि स्थापना गरिएको उच्चस्तरीय समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

सङ्क्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको र यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४५ पुगेको उनले जानकारी दिएका छन् । सङ्क्रमितमध्ये १३९ पुरुष र छ महिला छन् । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् ।

स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३५, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीनरतीन तथा लमजुङमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये तीन उपचार गराएर निको भएपछि घर फर्किएका हुन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कास्कीमा पहिलोपटक कोभिड–१९ पुष्टि भएका ६० वर्षीय एक पुरुषको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २० गते पोखरास्थित आफ्नै निवासमा अचेत अवस्थामा फेला परेका ती पुरुषलाई यहाँस्थित गण्डकी मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौँ लगिएकामा राजधानीमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

पेशाले कानून व्यवसायी तथा प्राध्यापक रहेका सङ्क्रमितलाई अस्पताल लैजाँदा उनको सम्पर्कमा पोखराका धेरै प्रतिष्ठित व्यक्तिसमेत पुगेको र पछि उनमा कोभिड–१९ पुष्टि भएपछि त्रास फैलिएको थियो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको कन्टयाक्ट ट्रेसिङ गरी ३९ को पिसीआर परीक्षण गरेकामा मङ्गलबार साँझ सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।