राजनीति

युवा संघ नेपालले सरिता गिरीको देशद्रोही अभिव्यक्तिको विषयमा निकाल्यो कडा विज्ञप्ती

२८ जेठ काठमाडौं । सांसद सरिता गिरीले संसदमा दिएको देशद्रोहि अभिव्यक्तिप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन युवा संघ नेपालले कडा विरोध जनाएको छ । संघका संयोजक रामप्रसाद सापकोटा र सह–संयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा दिएको राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण जनाएका छन् ।

साथै गिरी विरुद्धमा संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए संगठनले गंभिरतापुर्वक लिने बताउँदै त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्वेवार स्वयम गिरि र सम्वन्धीत दल हुने समेत चेतावनी दिएका छन् । साँसद गिरिको यस खालको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपाल घोर आपत्ति र भत्र्सना गरेको छ ।

विज्ञप्तिा माफर्त संघ नेपालले नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य गिरिलाई स्मरण गराएको छ ।

संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत स्वयम गिरीले च्युत गरेको संगठनको ठहर छ । साथै यस्तो गैर जिम्वेवार व्यक्तिलाई सँसद सदस्यवाट अविलम्व फिर्ता वोलाउन सम्वन्धीत राजनीतिक दललाई गंभिरतापुर्वक अनुरोध पनि गर्दै यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानून बमोजिम कारवाहि गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

साथै पछिल्लो समय मुलुकका विभिन्न स्थानहरुमा घटेका प्रतिनिधिमुलक घटनाहरुमा समेत संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाहरुमा मिहिन र निष्पक्ष अनुन्धान गरी दोषीउपर कडा कारावाही गर्न र घटनाको वस्तुगत अनुसन्धान गरी फेरी यस्ता घटना दोहोरिन नदिने मानविय चेतना निर्माणको काममा ध्यान दिन समेत सरकारसँग आग्रह गरेको छ । यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणले अस्पतालको असंमबेदनशिलता र राज्यको उत्तरदायित्वमाथि निर्मम प्रश्न खडा गरेको संघको भनाई छ ।

साथै अस्पताल प्रशासनमाथि छानविन गर्न र आउजीको परिवारमा क्षतिपुर्तिको व्यावस्था गर्नसमेत माग गर्दै संगठनका तर्फबाट उनको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा समेत विज्ञप्ति माफर्त जानकारी गराईएको छ । कोरोना महामारीका कारण गुम्नसक्ने रोजगारी र विपन्न युवा तथा बेरोजगार एवं नागरिकहरुले उठाउनसक्ने यस्ता निर्मम र आत्मघाति कदमप्रति राज्य जिम्मेवार रहेर अभिभावकको नेतृत्वदायी भुमिका निभाउने दायित्वमा नचुक्न ओली सरकारलाई अपिल समेत गरेका छन् ।