सूचना प्रविधि

सात महिना बाँकी हुँदै रेडियो नेपालका प्रमुख कार्कीले दिए पदबाट राजीनामा

२८ जेठ काठमाडौं । कार्यकाल पुरा हुन सात महिना बाँकी हुँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाफर्त प्रधानमन्त्री तथा मसिन्त्रीपरिषदको कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको जानकारी दिएका छन् ।

२०६९ मंसिरदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए ।

यस्तै यसअघि डा बाबुराम भट्राईले दिएको अन्तवार्ताको विषयमा पनि विवाद भएको थियो । यद्यपी उनले आफ्नो स्वईच्छाले राजीनामा दिएको समेत स्पष्ट पारेका छन् ।