समाचार

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

२८ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसद बैठकलाई सम्बोधन गर्दैछन् । बिहान ११ बजे बस्ने संसद बैठकलाई ओलीले सम्बोधन गर्ने ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले बजेटमा सांसदहरुले राखेको जिज्ञासालाई समेटेर सम्सदमा सम्बोधन गर्ने थापाले जानकारी दिएका छन् ।

आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।