अन्तर्राष्ट्रिय

अफगानिस्तानका पूर्व सांसदको हत्या

एजेन्सी । अफगानिस्तानका पूर्व सांसद अब्दुल वाली अहमदजाईको तालिवान समूहले गोली हानी हत्या गरेको छ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारको राजधानी पोल–ए–अलाम क्षेत्रमा पूर्व सांसदलाई अपहरण गरी आक्रमण गरिएको प्रान्तीय सरकारका गभर्नरका प्रवक्ता दिदार लावाङले पुष्टि गरेका छन् ।

आफ्नी दिदीको अन्तिम संस्कारका लागि घर गएका पूर्व सांसद अहमदजाईलाई सोमबार राति उहाँकै घरबाट तालिवान लडाकूको एक समूहले अपहरण गरेको पारिवारिक श्रोतले बताएको छ ।

यस घटनाबारे तालिवान समूहले अझै कुनै प्रतिक्रिया जनाइसकेको छैन । अफगानिस्तानको पूर्व राष्ट्रपति हमिज कार्जाईको प्रथम कार्यकालमा संसदको माथिल्लो सभामा लोगर प्रान्तबाट प्रतिनिधित्व गरेका अहमदजाई लोगारका अनुभवी नेता थिए ।