पु.समाचार

आज पनि थपीए ३२३ जना संक्रमीत, पुगे नेपालमा जम्मा ४०८५ जना

२६ जेठ, काठमाडौं । आज ३२३ जना कोरोना संक्रमीत थपीएका छन् । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी उक्त कुरा पुष्टी गरेको छ । आजको पुष्टीसँगै जम्मा संक्रमीतको सख्या चार हजार ८५ पुगेको छ ।

कोभिड–१९ बाट आज एक जना मृत्यु भएको छ । भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए । उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

यसैगरी आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३२३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा डा जागेश्वर गौतमले बताउनुभयो । सङ्क्रमित देखिएका पुरुष २९२ जना र महिला ३१ जना रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । तिमध्ये पुरुष तीन हजार ७९८ र महिला २८७ जना रहेका छन् । उहाँका अनुसार सङ्क्रमित जिल्ला ७२ पुगेको छ । आज इलाममा सङ्क्रमित भेटिएको हो ।

९६ जना डिस्चार्ज

यसैगरी आज ९६ जना एकै पटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र आठ जना महिला रहेका छन् । कूल ८८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र छ जना महिला रहेका छन् । यस्तै सशस्त्र प्रहरीको काठमाडौँ वलम्बुस्थित कोभिड अस्पतालबाट एक जना महिला डिस्चार्ज हुनुभएको छ । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेशनबाट २२ जना पुरुष र राप्ति सोनारीबाट सात जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँकेका हुन् ।

यसैगरी दाङस्थित कोभिड विशेष अस्पतालबाट कोभिड–१९ अस्पतालबाट बर्दियाका चार जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापा २८ जना पुरुष र दैलेख जिल्ला अस्पतालबाट एक जना महिला डिस्चार्ज भएका छन् ।