राजनीति

गगनको आक्रोशः दश अर्ब कहाँ खर्च भयो ? एक–एक हिसाब–किताब चाहिन्छ

२७ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रिय सदस्य गगनकुमार थापा ओली सरकारको रबैयाप्रति संसदमा गर्जिएका छन् । कोरोना नियन्त्रणमा दश अर्ब खर्च भएको भनि स्वास्थ्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर सरकारलाई आक्रोसयुक्त प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले दश अर्ब कहाँ खर्च भयो भन्दै एक–एक हिसाब– किताब चाहिने चेतावनी दिएका छन् । साथै सरकारले कोरोना परिक्षणलाई पछिल्लो समय साँघुरो बनाएको प्रति नेता थापाले आक्रोस व्यक्त गरेका छन् । उनले ओली सरकार कोरोना नियन्त्रणमा पुर्णतः असफल भएको समेत दाबी गरेका छन् ।

साथै उनले मुुकमा कारोना माहामारीले मात्रै नभईकन खान नपाई भोकबाट, झुण्डिएर, अस्पताल जान नपाएर सुत्केरीको, क्वारेन्टाइनमै र आत्मदाहबाट मृत्यु हुने गरेको प्रति दःख व्यक्त गर्दै ति सबैको जिम्मा कसले लिन्छ भन्ने प्रश्न पनि गरेका छन् । साथै सांसद थापाले प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने टिप्णी गरेका छन् ।

यी सबै प्रश्नका जवाफ उपप्रधानमन्त्रीले दिनुपर्ने त्यसमा चित्त नबुझे संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । मुलुकमा क्वारेन्टाईनको अवस्था दयनीय रहेको भन्दै व्यवस्थापनमा सरकारले ध्यान नदिएको उनको गुनासो छ ।