राजनीति

उद्योग ब्यापार बन्द गरेर सरकारले आँकलन गरेको ७ प्रतिशत आर्थिक बृद्धिदर असम्भवः डा कोईराला

२७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले सरकार र विश्व बैंकबिच मुलुकको आर्थिक बृद्धिदर नमिलेको टिप्पणी गरेका छन् ।

उनले सरकारले नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशत आँकलन गरेको भएपनि बिश्वबैंकले २.१ प्रतिशत आँकलन गरेको खरलाएका छन् ।

डा कोईरालाले उद्योग व्यापार नचलाएर वजेट खर्च नगरेर लगानीको बातावरण विगारेर यो कसरी होला र ? भन्दै सरकारको आँकलन सम्भव होला र भन्दै प्रश्न गरेका छन् ।

उनले अर्को वर्ष आर्थिक वृद्धिदर ऋणात्मक पो हुने हो कि ? भन्दै शंका पनि गरेका छन् । उनले उक्त सरकारी आँकलनको आर्थिक बृद्धिदर असम्भव भएको टिप्पणी गरेको बुझ्न सकिन्छ ।

नेता कोईरालाको ट्वीटः
सरकार भन्छ अर्को वर्ष आर्थिक वृद्धि दर ७ प्रतिशत हुन्छ । विश्व बैंक भन्छ करीव २.१ प्रतिशत हुन्छ ।
उद्योग व्यापार नचलाएर वजेट खर्च नगरेर लगानीको बातावरण विगारेर यो कसरी होला र ?
अर्कोवर्ष आर्थिक वृद्धिदर ऋणात्मक पो हुने हो कि ?