विचार/ब्लग

कोरोना संक्रमीतको व्यवस्थापनमा सरकार अझै निरिह

शोभा रावत् । चीनको वुहाँन सहरबाट अंग्रेजी महिना २०१९को डिसेम्बरको अन्तिम साताबाट फैलन सुरु गरेको प्राण घातक कोरोना भाईरस विश्वमा फैलिएको ६ महिना भएको छ । विश्वमा ४ लाख भन्दा वढीको ज्यान लिईसकेको भाईरसबाट ७० लाख भन्दा धेरै मानिस संक्रमीत बनेका छन् । कोरोनाको धेरै प्रभाव विश्वका शक्तिराष्ट्र अमेरिका, बेलायत, जर्मनी, स्पेन, ईटली लगायतमा अत्यधीक रहेको छ । जहाँ लाखौंको संख्यामा संक्रमीत छन् भने मृत्यु हुने र संक्रमीत हुनेको संख्या रोकिने क्रम देखिएको छैन । चीनमा नियन्त्रणमा नै रहेपनि अन्य मुलुकमा दिनदिनै झनै बढ्दै गएको छ ।

अहिलेसम्म बिश्वका शक्तीसाली मुलुकलाई हेर्ने हो भने कोरोना नियन्त्रणमा सम्पुर्ण शक्तिराष्ट्रहरु असफल भैरहेका छन् । उनीहरुले एउटा कोरोना नियन्त्रणको औषसिध बनाउन सकेका देखिँदैनन् । यति बन्यो र उति बन्यो भन्ने मिडियामा प्रचार गर्ने गरेका समाचार पढ्न पाईए पनि अहिलेसम्म औषधिको आधिकारिक प्रयोग भएको देखिन्न । कोरोना संक्रमण फैलिएको ६ महिनामा आईसक्दा समेत विभिन्न देशमा बैज्ञानिकहरुले कोरोनाको औषधि बनाएको दाबी गर्दै आएपनि आजसम्म सार्वजनिक भने भएको छैन । यसमध्ये नेपालमै पनि कोरोनाको औषधि बनेको भन्ने कुरा पनि आएको छ । जसको बारेमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले समेत चासो देखाएको छ । साथै डब्लुएचओले पनि भ्याक्सिीन नबनेसम्म कोरोना नियन्त्रण गर्न नसकिने चेतावनी दिएको छ ।

यस्तै कोरोना संक्रमण फैलिएको राष्ट्रहरुमा कयौं महिनादेखी लकडाउनको अवस्था छ । शिक्षण संस्था, उद्योग कलकारखाना, यातायात लगायत सबै बन्द अवस्थामा छन् । यी सबै देशहरुमा बालबालिकाको पढाईदेखी लिएर मुलुकको अर्थतन्त्र नराम्रोसंग प्रभावित त भएको त छ नै कयौं नागरिकले कोरोनाकै कारण अकालमै ज्यान गुमाई रहेका छन् । मुलुकको अर्थतन्त्र नाजुक बन्दै गएपछि केहि राष्ट्रहरुले भने कोरोना संक्रमणकैबीच संक्रमणको अवस्था हेर्दै लकडाउनलाई खुकुलो पार्न थालेका छन् । नेपालको छिमेकी मुलुक भारतमा पनि पछिल्लो समय संक्रमण र मृतकको संख्या बढ्दै गएपनि विभिन्न स्थानहरुमा पनि लकडाउनलाई खुकुलो पारिएको छ । उता कोरोना फैलिएको चिनको अवस्था भने सामान्यतर्फ फर्किसकेको छ । त्यहाँ शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायात लगायत आन्तरिक रुपमा सबै खुलिसकेका छन् ।

कोरोना पुर्ण रुपमा निर्मुल भएको दाबी गर्ने चिनमा बेला बखतमा केहि व्यक्तिमा भने संक्रमण देखिन छाडेको छैन । तैपनि कोरोनासंगको युद्धमा चिनले जित हाँसिल गरिसकेको नै देखिएको छ । यता नेपालमा पनि गत २०७६ साल, चैत्र ११ गतेदेखी सरकारले लकडाउन घोषणा गरेको थियो । विश्वका अन्य मुलुकहरुमा कोरोना फैलँदै गएपछि नेपाल सरकारले संक्रमणबाट बच्नका लागि मुलुकमा लकडाउनको घोषणा गरेको थियो । साढे २ महिना अगाडीदेखी नेपालमा आर्थिक, सामाजिक, धार्मिक लगायत सबै क्षेत्र ठप्प छन् ।

कोरोना फैसलिएको देश चिनबाट आउन चाहने नेपाली नागरिकलाई ल्याउन चौतर्फी दबाब आएपछि नेपाल सरकारकोपहलमा चार्टर्ड फ्लाईटमार्फत केही नेपालीलाई नेपाल फिर्ता ल्याईएको थियो । चिनबाट ल्याईएकामधय केहीमा संक्रमण देखिएपछि केहि समय क्वारेन्टाईनमा बसेपटि निको घइ घर फर्किएका थिए । चिनबाट नागरिक उद्धार गरिपनि छिमेकी देश भारतबाट आएका नेपालीहरु कयौं दिन नेपाल छिर्नलाई आन्दोलन गर्नु परेको थियो भने कयौं व्यक्ति भोक–भोकै सिमामा मर्नुपरेका समाचारहरु पनि आईरहेका छन् । सिमाबाट उद्धारमा सरकारले चासो नदिएपछि स्थानीयतह आँफै तातिएर नेपालीलाई गृहजिल्लासम्म पुर्याएकोसमाचार पनि आएको छ ।

जेठ३२ गतेसम्म लकडाउनको अवस्था कायम रहेको भएपनि पछिल्लो समय लकडाउनले आजित हुँदै सर्वसाधारणदेखी व्यापारीले सरकारको निर्णय विपरित व्यापार व्यवसायी सञ्चालन गर्न थालेका छन् भने सर्वसाधारणहरु पनि घरबाहिर निस्कन थालेका छन् । महिनौं सम्मपनि व्यवसाय ठप्प हुँदा सरकारले राहतकालागि कुनै पहल नगरेपछि सरकारसंग रुष्ट भएका व्यवसायी सरकारको निर्णय विपरित गएका देखिन्छन् । पहिले तुलनामा आजभोली सहरका गल्लिहरुमा चहल–पहल बाक्लीँदै गएको छ भने पसलहरु पनि बाँलो रुपमा खुलेका छन् ।

यस्तै नेपाल सरकारले लकडाउनलाई कडाई गरेपनि अन्य कुरामा लापरबाहि गर्दा संक्रमण दिन–प्रतिदन फैँदै गएको छ । मृतकको संख्या पनि थपिँदै गएको छ । नेपालमा आजसम्म आईपुग्दा कोरोनाले १५ जनाको ज्यान लिएको छ भने झण्डै चार हजारलाई संक्रमीत बनाएको छ । नेपालका ७१ जिल्लामा कोरोना भाईरस फैलिसकेको छ । कोरोना नियन्त्रणमा नेकपा अध्यक्ष समेतरहेका केपी शमाी ओली नेतृत्वको सरकार निकम्मा देखिएको छ । ओली सरकारको लापरबाहिपनका कारण नेपालमा कोरोना भुसको आगो सरह फैलने खतरा बढेको छ । कोरोना नियन्त्रणका लागि सरकारले लकनाउन बाहेक अरु कुनै विकल्प नै अपनाएको छैन । लकडाउन मात्रै थोपरी रहँदा दैनिक मजदुरी गरीखाने देखी व्यापारी व्यवसायी गर्नेको जिवन संकटपुर्ण बन्दै गएको छ ।

सरकारले कोरोना नियन्त्रण गर्नुको साटो उल्टै झनै संक्रमणलाई वढावा दिने उपायहरु अपनाएको देखिएको छ । जस्तो भारत लगायतबाट आएर क्वारेन्टाईनमा बसेकाको परिक्षण विनै घर पठाउनु, आरडिटिको भर पर्नु र पछिल्लो समय कोरोना संक्रमीतमा कुनै लक्षण नदेखिए वा संक्रमीतको अवस्था सामान्य घर पठाउनु भनेर उर्दि जारी गरेर ओली सरकार जनता मार्न उद्यत भएको देखिन्छ । मुलुकमा जारी कोरोना माहामारीको विषम परिस्थितीमा पनि भैरहेको भ्रष्टाचारले सम्पुर्ण नेपालीलाई झनै दुःखी तुल्याएको छ । कोरोना नियन्त्रणका लागि झण्डै १० अर्ब खर्च भएको बताउने सरकारको प्रभावकारी काम भने कुनै क्षेत्रमा देखिँदैन । क्वारेन्टाईनको उचित न त व्यवस्था, न त परीक्षणका लागि प्रसस्त किट उपलब्ध हुनु ।

क्वारेन्टाईनको नाममा संक्रमीत र न संक्रमीतलाई एउटै ठाउँमा कोचिएर राख्नु संक्रमीतलाई राख्ने खाईसोलेसनको अभावमा भैंसिगोठमा राख्नुले कम्युनिष्ट सरकारको नक्कली राष्ट्रवादलाई पर्दाफास गरेको छ । कोरोना परीक्षण गर्ने पिसिआर किटको अभाव भएकै कारण आज कयौं संक्रमीत परिक्षणबिनै कयौं महिनादेखी क्वारेन्टाईनमा गाईबाख्राको हुलझैँ एकैठाउँमा सयौंको संख्यामा कोचिएर बस्न बाध्य छन् । सरकारले क्वारेन्टाईनलाई कोरोना उत्पादनको थलो बनाएको छ भन्दा परक नपर्ला । नेपालका कयौं स्थानमा स्वारेन्टाईनमा वसेका संक्रमीतको आरडिटिको परिक्षणकै भरमा घर फर्काईदै छ । सरकारले कोरोना संक्रमीतमा कुनै लक्षण देखिएन वा सामान्य अवस्था देखिएमा घर पठाउने भनेर गरेको निर्णयले झनै कोरोना फैलनलाई मलजल प्रदान गरेको छ ।

उता सुदूरपश्चिममा स्वाब परीक्षण गर्ने मेसिन अभावका कारण केही दिनकालागि परिक्षण नै रोकिएको छ । धेरै स्वाब संकलनगरी परिक्षणमा समय लाग्ने भएकाले परीक्षण मेसिन अभाव भएको भन्दै केहिदिन परिक्षण रोकिएको छ । जहाँ अहिले भारतबाट आएर हजारौंको संख्यामा बसेका छन् । दैनिक ३ सय भन्दा बढी संक्रमीत थपीन थालेको अवस्थालाई हेर्दै तर्फ ओली सरकार गम्भिर भएर बेलैमा सोच्न जरुरी छ । एकातिर अढाई महिना भन्दा बढी जनता थुनिएको अवस्था छ भने अर्कोतिर ३७ सय भन्दा बढी संक्रमीत देखिईसकेका छन् । सरकारको लापबाहि भैरह्यो भने नेपालमा पनि कोरोनाको प्रभाव मुलुकमा जस्तै नहोला भन्न सकिँदैन ।

भारतबाट आएर क्वारेन्टाईनमा बसेकाको चाँडो भन्दा चाँडो पिसिआर विधिबाट कोरोना परीक्षण गरी संक्रमीतलाई छुट्टै आईसोलेसन र अन्यलाई व्यवस्थित क्वारेन्टाईनमा राख्न जरुरी छ । अझैपनि परीक्षणको संख्या बढाउन, संक्रमीतलाई राम्रो क्वारेन्टाईनमा राख्ने कार्य गर्न ढिलाईभईरहेको छ । सीमा नाकामा कडाई गर्न झनै जरुरी छ । यसमा राजनीतिकरण गर्न, हेल्चेक्रयाईँ गर्न थालेमा स्वास्थ्य विशेषज्ञले भनिसकेका छन् कि नेपालमा कोरोना संक्रमीतको अवस्था भयावह हुँदैछ ।