पु.समाचार

सोमबार कोरोना पुष्टि भएका व्यक्तिको भरतपुर अस्पतालको आईसियूमा आज मृत्यु

२७ जेठ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण फेरी एक व्यक्तिको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत ६८ वर्षका पुरुषको आज बिहान मृत्यु भएको हो ।

मृतक व्यक्तिमा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ ति व्यक्तिलाई नारायणी सामुदायीक अस्पताल को आईसियूबाट भरतपुर अस्पतालको आईसियूमा सारिएको थियो ।

भरतपुर महानगरपालीका वडा नम्बर ११ ति व्यक्तिमा मुटु र निमोनियाको समस्या रहेको खुलाशा भएको छ । मृतक व्यक्तिको शल अहिले भरतपुर अस्पताल आईसियूमै  राएिको छ ।